साढे पाँच करोड कर छली गर्ने व्यवसायीविरुद्ध मुद्दा


१९ भाद्र २०७९, आईतवार
pakrau
सांकेतिक तस्वीर

काठमाडौं । राजस्व अनुसन्धान विभागले करोडौँ कर छली गरेको आरोपमा भारत घर भई काठमाडौंमा व्यवसायी धिरज कुमार जयसवाल, वीरगन्जका राहुल कुमार जयसवाल र काठमाडौंका सुमन कुमार श्रेष्ठविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले उनीहरुविरुद्ध ५ करोड ४६ लाख ५१ हजार ३ सय ३८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको हो । उनीहरु दोषी ठहर भए बिगोको दोब्बर जरिवानासहित १० करोड ९३ लाख २ हजार ६ सय ७६ रुपैयाँ असुलउपर हुनेछ ।

जयसवालले काठमाडौंमा श्रीजयदुर्गा ट्रेडर्स चलाउँदै आएका छन् । सुमन त्यसका प्रोपाइटर हुन् भने राहुल कारोबारलाई सघाउने व्यक्ति रहेको विभागले जनाएको छ ।

उनीहरुले कर छल्न नक्कली कर बीजक खरिद गरेको विभागको आरोप छ । उनीहरुले मूअ करतर्फ १ करोड ७१ लाख ३२ हजार १ सय ७०, आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १ सय ६८ गरी सो रकम बराबरको कर छली गरेको विभागको भनाइ छ । उनीहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधनसहित) ऐन २०५२ अनुसार मुद्दा चलाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७