देउवालाई शेखरको चेतावनी : कांग्रेसले सय सिट नपाए विद्रोह हुन्छ


१९ भाद्र २०७९, आईतवार
deuwa shekhar

काठमाडौं । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाउन नरम देखाइरहेका बेला कांग्रेसभित्रै शेखर कोइराला समूहले प्रतिनिधिसभाको १६५ सिटमध्ये सयभन्दा कममा सम्झौता गरेमा पार्टीभित्रै विद्रोहको वातवरण उत्पन्न हुने चेतावनी दिएको छ ।

सय सिट दिन गठबन्धनका अन्य चार दल तयार नभएपछि देउवाले भने लचकता बढाइरहेका छन् । गत बुधबारको बैठकमा कांग्रेसले ८८ सिट लिने र त्यसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको लागि दुई निर्वाचन क्षेत्र छाड्ने देउवाको प्रस्ताव थियो । त्यसमा समझदारी नभएपछि आज अपराह्न ३ बजे पुनः बैठक बस्न लागेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कांग्रेस नेता शेखर कोइरालाले भने सय सिटको अडानबाट पछि हट्न नहुने भन्दै त्यसो गरिए कांग्रेसका आकांक्षीहरुलाई व्यवस्थापन गर्न कठिनाइ हुने बताएका छन् । कांग्रेसमा विद्रोह आउने स्थितिले गठबन्धनलाई पनि लाभ नहुने भन्दै कोइरालाले आफ्नो कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत सुनाएको बताए ।

city
ncll 2

‘कांग्रेसले सयभन्दा कम सिटमा सम्झौता गर्ने हुन्न । गरेमा पार्टीभित्रको असन्तुष्टि बढ्ने र त्यसले धेरै ठाउँमा विद्रोहको स्थिति आउने खतरा छ,’ नेता कोइरालाले आइतबार बिहान कान्तिपुरसँग कुरा गर्दै भने,‘गठबन्धन बनाउने भनेको चुनाव जित्नका लागि हो । देशभर जनाधार भएको ठूलो पार्टीभित्रै असन्तुष्टि भए कसरी गठबन्धनले सफल हुन्छ ?’

jagdamba.cement
nepal liquors

आजै अपराह्न ३ बजे गठबन्धनको बैठक बस्दैछ । गठबन्धनको बैठक बस्नुअघि बिहान देउवा र दाहालबीच ‘वान टु वान’ छलफल समेत भएको छ । कोइरालाले पार्टीभित्रको टिकट वितरण पनि न्यायोजित रुपमा हुनुपर्ने बताए । टिकट वितरणमा न्यायोजित हुन सकेन भने भागबण्डाको प्रश्न उठ्ने बताए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७