भ्रष्टाचारका आरोपी गच्छदार कांग्रेसबाट उम्मेदवार सिफारिस


१९ भाद्र २०७९, आईतवार
bijaya gachhadar

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले भ्रष्टाचार आरोपमा सांसदबाट निलम्बनमा परेका विजयकुमार गच्छदारलाई आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । यही आरोपमा उनले विशेष अदालतमा मुद्दा खेपिरहेका छन् ।

सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा गच्छदारको नाम उम्मेदवारमा सिफारिस गरेको हो । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भ्रष्टाचारको आरोपमा अदालत मुद्दा दर्ता भएपछि २०७६ माघमा उनी सांसदबाट निलम्बनमा परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७