बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख खड्कासहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१९ भाद्र २०७९, आईतवार
Akhtiyar

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्का, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष सहित ५ जना विरुद्ध मुद्दा दायर गरेको छ । ढुंगा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा तथा ठेक्का लगाउँदा नेपाल सरकारलाई १७ लाख ४० हजार ६६ रुपैयाँ हानी नोक्सानी गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

३४ लाख ८० हजार १३२ रुपैयाँ बिगोसहित उपप्रमुख खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशीराम शर्माविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलन गर्दा कम कर उठाई मिलेमतो गरेर भ्रष्टचार पुष्टी भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले भनेको छ, ‘नगरपालिकालाई हानिनोक्सानी र्पुयाएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बागलुङ जिल्ला, बागलुङ नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानूनबमोजिम तोकेको दरमा सूचना प्रकाशन गरी ठेक्का लगाउनुपर्नेमा सो नगरी बिक्री वितरण दर घटी निर्धारण गरेर सोही आधारमा राजस्व सङ्कलन गरी नेपाल सरकारलाई हानिनोक्सानी गरेर भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन छ ।’

बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको आरोपमा उपप्रमुख सुरेन्द्र खड्का विरुद्ध अर्को पनि मुद्दा चलिरहेको छ । बसपार्क निर्माणमा फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वभाविक रुपमा परिवर्तन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बर्ष मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

अनुगमन समिति प्रमुखसमेत रहेका उप–प्रमुख खड्का, बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसी, इञ्जिनियर मनोज शर्मा, सव( इञ्जिनियर घनश्याम रिजाल, बागलुङ बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनिधि शर्माबिरुद्ध मुद्धा दायर भएको थियो ।

आरोपत्रको पूर्ण पाठ :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७