प्रतिनिधिसभाा सदस्यका लागि अछाम १ बाट भीम रावल सर्वसम्मत सिफारिस


१९ भाद्र २०७९, आईतवार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

अछाम : नेकपा (एमाले) ले अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवारमा डा. भीम रावलको नाम एकल सिफारिस भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभा तर्फ रावलको एकल नाम सिफारिस गरिएको अछाम इन्चार्ज झपट बोहराले जनकारी दिए ।

नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराउँदै रावल अघिल्लोपटक निर्वाचित भएका थिए । रावलले २४ हजार ८ सय ८३ मत प्राप्त गर्दा स्वारले १७ हजार ७ सय १९ मत ल्याएका थिए ।

प्रदेश सभाका लागि भने ४/४ जनाको नाम संकलन गरीएको छ । निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट प्रकाश शाह, देवबहादुर कुँवर, देवबहादुर साउँद र सीता कुँवर साथै ‘ख’ बाट कृष्णप्रसाद जैशी, केशरबहादुर साउँद,डीबी साउँद र पद्मा तिमिल्सिना न्यौपाने सिफारिसमा परेका छन् ।

यसैगरी अछाम २ बाट पनि अघिल्लो पटक निर्वाचित भएका यज्ञबहादुर बोगटीको नाम एकलरूपमा सिफारिस गरिएको छ । प्रदेशसभातर्फ ‘क’ बाट ७ जना र ‘ख’ बाट ८ जना गरी १५ जनाको नाम सिफारिस गरीएको छ ।

‘क’ बाट प्रत्यक्षतर्फ बम बहादुर बिसी, भीमबहादुर विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम सिफारिस गरीएको छ ।

यस्तै २ को ‘ख’ बाट शिवप्रसाद उपाध्याय, चन्द्र बोहरा, भीम रावल कालोटोपी, दीपक अधिकारी, भीम जनला, कृष्ण साउँद, लीलाराज केसी र टोपबहादुर शाहीको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७