सरकारबाट बाहिरियो माओवादी केन्द्र


३१ आश्विन २०७४, मंगलवार

काठमाडौं : नेपाली काँग्रेससँग सत्तासाझेदार गरेको माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ ।
राप्रपालाई सरकारमा ल्याँउदै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारसँगै माओवादी केन्द्का मन्त्रीहरुलाई विनाविभागिय मन्त्री बनाउँने तयारी गरेपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
janardan sharma 1
माओवादीले वाम गठबन्दन गरेपछि तीव्र असन्तुष्ट बनेका काँग्रेसका नेताहरूले बारबार माओवादीलाई सरकार छाड्न भनेका थिए । तर माओवादीले माओवादीले वाम गठबन्धनमा गरे पनि काँग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने बत्ताउँदै आएका थिए । देउवाले राप्रपालाई सरकारमा सामेल गराएपछि भने माओवादी केन्द्र असन्तुष्ट बन्दै सरकार छाड्ने निर्णयमा पुगेको हो ।
आज सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७