पल शाहलाई बाल यौन दुरूपयोगमा साढे दुई वर्ष कैद

पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने


२१ भाद्र २०७९, मंगलवार
paul shaha tuToDdAo8l

काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा भने शाहले सफाइ पाएका छन् ।

जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत नवलपुरले मंगलबार सफाइ दिएको हो।जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।

एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् । नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् । यस्तै अभिभावक र मिडियालाई समेत यो मुद्दामा सचेत गराउने फैसला भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७