राष्ट्रियसभाका चार विषयगत समितिका सभापति सर्वसम्मत


२२ भाद्र २०७९, बुधबार
samiti 20220907132015 1

काठमाडौं । राष्ट्रिय सभाका चार विषयगत समितिका सभापतिहरु सर्वसम्मत भएका छन् । यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो ।

चार विषयगत समितिमा सभापति पदका लागि एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ । सबै समितिमा एक/ एक जनाको मात्र उम्मेदवारी परेका कारण सबै सर्वसम्मत भएका हुन् । सभापतिका लागि भोलि निर्वाचन गर्ने तय भएको छ ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यस्थापन समितिमा बेदुराम भुषाल, प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा माया प्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पुन दिलकुमारी रावलले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७