भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हरायो, कोहलीको शतक


२४ भाद्र २०७९, शुक्रबार
Virat Kohli 3 1 PnYAQ8buM1

काठमाडौं । एसिया कप क्रिकेट सुपर चारको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । गए राति दुबईमा भएको खेलमा भारतले अफगानिस्तानलाई १०१ रनले हराएको हो ।

भारतले दिएको २१३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इब्राहिम जाड्रनले अविजित ६४ रनको अर्धशतकीय पारी खेले । भारतका भुवनेश्वर कुमारले ५ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २१२ रन जोडेको थियो ।

भारतका विराट कोहलीले अविजित १२२ रनको शतकीय पारी खेले । उनको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक पनि हो । योसहित कोहलीले करियरको ७१औं शतक बनाएका छन् । त्यस्तै कप्तान केएल राहुलले ६२ रनको अर्धशतकीय पारी खेले । अफगानिस्तानका फारिद अहमदले २ विकेट लिए ।

भारतको यो सान्त्वना जित मात्रै हो । आज पाकिस्तानले सुपर चारको अन्तिम खेलमा श्रीलङ्कासँग खेल्नेछ । उपाधिका लागि आइतवार श्रीलङ्का र पाकिस्तान नै खेल्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७