कैलाली-५ मा यस पटक आरजु देउवासँग नारदमुनि रानालाई चुनाव लड्न कति सहज ?

यस्तो छ स्थानीय तहको निर्वाचनमा प्रमुख दलले पाएको मत


२४ भाद्र २०७९, शुक्रबार
105 Shares
arju naradmuni

धनगढी । मंसिर ४ मा हुने संघीय निर्वाचनका लागि कैलाली-५ बाट उम्मेदवारका लागि एमालेले नारमुनि रानालाई एकल सिफारिस गरेको छ । वर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका रानाले २०७४ को निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्दै कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवालाई पराजित गरेका थिए ।

वाम गठबन्धनका साझा उम्मेदवार रानाले २०७४ को निर्वाचनमा आरजुभन्दा ४८ सय ८० मत ल्याएर विजयी भएका थिए । तर यसपटक नारदमुनिको चुनावी यात्रा २०७४ को भन्दा कठिन हुने देखिन्छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस पटक नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवदी, जसपा र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा जाने सम्भावना बलियो बनेको छ । पाँच दलको साझा उम्मेदवारका रूपमा आरजु देउवा उम्मेदवार बन्ने पक्का जस्तै देखिन्छ ।
त्यसो भएमा नारदमुनि रानालाई चुनाव जित्न कठिन हुन सक्दछ । स्थानीय तहको निर्वाचनमा कैलाली-५ बाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गरी ३२ हजार नौ सय ६० मत आएको छ ।

ncll 2

उक्त मत धनगढीका १९ वटै वडा र कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ को बाट आएको हो । तीनै वडाबाट एमालेले भने १७ हजार चार सय एक मत मात्रै पाएको छ । यसरी हेर्दा एमालेभन्दा गठबन्धन दोब्बर मतले अगाडि देखिनछ । यो मतान्तर घटाउनु नारदमुनि रानाका लागि निकै चुनौतीको विषय हुनेछ ।

jagdamba.cement

कैलालीमा यस पटक नागरिक उन्मुक्ति पार्टीको प्रभाव राम्रो बन्दै गएको छ । स्थानीय तहको निर्वाचनले पनि त्यसलाई पुष्टि गर्दछ । कैलाली-५ बाट यसपटक संघीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेता लक्ष्मण चौधरीले चुनाव लड्ने घोषणा नै गरिसकेका छन् ।

२०७४ को निर्वाचनमा जेलबाटै उम्मेदवारी दर्ता गराएर चुनाव लडेका लक्ष्मण थारुले ६ हजार ४ सय ६४ मत ल्याएर तेस्रो बढी भोट पाउने उम्मेदवार बनेका थिए । यस पटक उनी खुला रूपमा निर्वाचनमा होमिँदै छन् । गाउँटोलसम्म चुनावी अभियानसहित हिँडेका लक्ष्मण थारुले यसपटक पहिलाको भन्दा धेरै भोट ल्याउने आंकलन गरिएको छ । लक्ष्मण थारुले अधिकांश भोट राना चौधरी समुदायबाट पाउने आंकलन गर्न सकिन्छ ।

कैलाली-५ मा नारदमुनि रानाको जित्ने आधार पनि राना चौधरी समुदायको भोटलाई मान्छि । लक्ष्मण थारु पनि सोही समुदायबाट उम्मेदवार बन्दा भोट बाँडिने सम्भावना प्रबल रहन्छ । त्यसैले नारदमुनिका लागि लक्ष्मण चौधरी ठूलो चुनौती बन्ने छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलाली-५ मै पर्ने धनगढी उप महानगरपालिकामा यसपटक एमालेले निर्वाचित जनप्रतिनीधिको संख्या भने बढाएको छ ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा एमाले कमजोर स्थिततिमा देखिएको थियो । २०७४ मा एमालले धनगढीका १९ वडामध्ये दुई वडा अध्यक्ष मात्रै जितेको थियो । तर यसपटक भने उपमेयरसहित ६ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादलाई नारमुनि रानाले फाइदाका रूपमा लिन सक्ने आकलन गरिएको छ । कांग्रेसले कारवाही गरेका पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बन्ने चर्चा छ । यदि ओझा स्वतन्त्र उम्मेदवार बनेको खण्डमा कांग्रेको मत विभाजन हुने देखिन्छ ।

त्यस्तो अवस्थामा एमालेको संगठित भोटसँगै राना थारु समुदायबाट बढी मत ल्याएर चुनाव जिच्न सक्ने नारदमुनिको दाउ हुन सक्दछ । तर पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनेमा नारदमुनिले पाउने केही भोट पनि कटौती हुन सक्छ । त्यसैले यसपटकको चुनाव जित्न नारदमुनि रानालाई फलामको चिउरा चपाउनुसरह हुने देखिन्छ । रानाप्रति एमालेभित्रै पनि असन्तुष्टि देखिन थालेको छ । उनले असन्तुष्ट समूहलाई व्यवस्थापन गर्न नसकेमा सोचेअनुसारको भोट नआउन पनि सक्दछ ।

यस्तो छ स्थानीय तहको निर्वाचनमा प्रमुख दलले पाएको मत

कैलाली-५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा पर्दछन् ।
स्थानीय तहको निर्वाचनमा वडास्तरमा पाएको मतका आधारमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ । कांग्रेसले धनगढीका १९ वडाबाट २० हजार सात सय २२ मत तथा कैलारीका दुई वडाबाट २०५४ गरी २२ हजार ७७६ मत पाएको छ ।

त्यसैगरी एमालेले धनगढीका १९ वटै वडाबाट १५ हजार नौ सय ९३ तथा कैलारीका दुई वडाबाट १४ सय आठ मत गरी १७ हजार ४०१ मत पाएको छ । माओवादी केन्द्रले धनगढीका १९ वडाबाट आठ हजार १७५ मत पाएको छ । सत्ता घटक एकीकृत समाजवादीले वडास्तरबाट दुई हजार नौ मत पाएको थियो ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७