पूर्व युवराज्ञी हिमानीले बाँडिन् ९७ विद्यालयलाई शैक्षिक सामग्री


२४ भाद्र २०७९, शुक्रबार
himani 1

लमजुङ । पूर्व युवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

चाइना फाउन्डेसनको सहयोगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका सम्पूणर् विद्यालयका बालबालिकालाई सामग्री वितरण गरको हो । हिमानी ट्रष्टको अध्यक्ष हिमानी शाहाको उपस्थितिमा ९७ विद्यालयका २ हजार ९५२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बोत्तल, झोला लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

दुधपोखरि, मर्स्याङ्दी दोर्दी गाउँपालिका विभिन्न विद्यालयका बालबालिका र शिक्षकहरुको उपस्थित रहेको थियो । जिल्लाका दुर्गम क्षेत्रका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण कार्यक्रमको आयोजना गरेको ट्रष्टले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७