महिलाले केसम्म गर्दैनन्, नितम्ब ‘सेक्सी’ बनाउन दुई सय पटक शल्यक्रिया


२३ चैत्र २०७४, शुक्रबार
dr

काठमाडौं, २३ चैत : आकर्षक देखिनका लागि महिलाहरु केसम्म गर्दैनन् । जिम, योगा, डाइटिंग तथा प्लास्टिक सर्जरी आदि । तर कतिपयमा सुन्दर देखिने नशा यति धेरै हुन्छ कि उनीहरुलाई प्लास्टिक सर्जरी गराउने लत नै लागेको हुन्छ । यस्तै एउटा नाम हो, स्टार डेलगुडाइस । बेलायतको लिचफिल्डमा जन्मिएकी २८ वर्षकी डेलगुडाइसले अहिलेसम्म लाखौँ पाउण्ड रकम प्लास्टिक सर्जरीमा खर्च गरिसकेकी छन् ।dr

उनले पहिलो पटक १७ वर्षकी छँदा प्लास्टिक सर्जरी गराएकी थिइन् र अहिलेसम्म जिउका विभिन्न अङ्गको गरी २ सयपटक प्लास्टिक सर्जरी गराइसकेकी छन् । हालै टेलिभिजनमा दिएको एक अन्तरवार्ताका क्रममा उनी पूरै समय उभिइन् । यसरी उभिनु उनको बाध्यता थियो । हालै उनले आफ्नो नितम्ब प्रत्यारोपण गराएकी छन् । जसका कारण उनको नितम्ब ठूलो भएको छ र बस्न पनि मुस्किल पर्दछ ।

आफ्नो प्लास्टिक सर्जरीको लतको मुख्य कारक उनी आफ्ना बाउआमालाई मान्छिन् । बाबुआमाले नै लगातार दबाव दिइरहेकाले आफूले पटक–पटक सर्जरी गराएको उनको भनाइ छ । बाबु–आमाले आफूलाई कुरुप भन्ने गरेको र सुन्दर बन्नका लागि प्लास्टिक सर्जरी गर्न दबाव दिएको उनले बताइन् । हालसम्म २ सय पटक प्लास्टिक सर्जरी गर्दा झण्डै २ लाख ३० हजार पाउण्ड खर्च भएको छ । उनले ५ पटक ओठको, ४ पटक नाकको सर्जरी गराएकी छन् । त्यस्तै नाक, बंगरा, वक्षस्थल आदि धेरै अङ्गको सर्जरी गराएकी छन् । हुँदा–हुँदा उनले ३ पटक आफ्नो योनीको सर्जरी पनि गराइन्

हालै उनले ७ घण्टाको शल्यक्रिया गरी आफ्नो नितम्ब प्रत्यारोपण गराइन् । नितम्ब प्रत्यारोपणपछि उनलाई निकै पीडा भइरहेको छ र उक्त पीडा कम गर्न थेरापीको सहयोग लिने गरेकी छन् । सानोमा उनको नाम स्टेसी थियो र अहिले उनले नाम बदलेर स्टार बनाएकी छन् । आफूलाई राम्रो बनाउन उनी जेसुकै गर्न तयार छिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७