जुम्लामा स्याउ महोत्सव


२४ भाद्र २०७९, शुक्रबार
apple 1

जुम्ला । जुम्लामा स्याउ महोत्सव हुुने भएको छ । जुम्लाको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको स्याउको बजारीकरणका यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पुग्ने आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताए । महोत्सवले उत्पादनको बजार विस्तारका साथै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ । दुई दिने महोत्सवमा विभिन्न प्रजातिका स्याउका साथै स्याउका परिकार राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

apple 2

महोत्सवमा जुम्लामा उत्पादन हुने रेड र गोल्डेन डेलिसियस जातका स्याउका पनि परिकार विशेष आकर्षणका रूपमा रहने आयोजकको दाबी छ । सोही अवसरमा स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ । जुम्ला हुने स्याउ महोत्सवमा गायक प्रकाश सपुत आउने बताइएको छ । यसअघि २०७५ मा पनि पहिलो महोत्सव गरिएको थियो । २०७६ मा दोस्रो स्याउ महोत्सव भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७