दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको घोषणा


२४ भाद्र २०७९, शुक्रबार
DSC 5039

काठमाडौं । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मुल्यमान्यतामा आधारित बिषयवस्तुहरु झल्काउने सम्वन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गरे ।
ईन्द्र जात्राको अवसरमा शुरू गरिएको यस प्रतियोगिताका प्रतियोगीहरुले ३ मिनेटसम्मको उल्लेखित बिषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्ने बताइएको छ ।

उक्त्त प्रतियोगिताको पहिलो चरणमा २०७९ आश्विन १५ गते शनिबारका दिन बेलुकी ६ बजे जूम मटिङ मार्फत प्रतियोगीहरुको छनौट गरिनेछ र पहिलो चरणमा छनौट भएका प्रतियोगीहरुहरुले पौष १६ गते भित्र आफुले तयार गरेको भिडियो दया फाउन्डेसनको ईमेल [email protected] ​ मा पठाइसक्नुपर्नेछ ।

यस प्रतियोगिताको विजेताको घोषणा २०७९ माघ १ गतेका दिन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७