बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने


२५ भाद्र २०७९, शनिबार
Queen Elizabeth II 1

बेलायत । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने भएको छ ।
सरकारले सरकारले आगामी सेप्टेम्बर ११ मा एक दिने राष्ट्रिय शोक मनाउने भएको हो । महारानीप्रति सम्मान व्यक्त गर्न सरकारले एक दिने राष्ट्रिय शोक मनाउने निर्णय गरेको भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेप्टम्बर ११ मा भारतभर र विदेशस्थित भारतीय नियोगमा भारतीय झण्डा आधा झुकाइने विज्ञप्तिमा उल्लेख छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महारानीको निधनप्रति गहिरो शोक व्यक्त गरेका थिए ।

महारानीको निधनप्रति विश्वका नेताले शोक व्यक्त गरेका छन् । महारानी एलिजावेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७