आकस्मिक उपचार र विपन्न बिरामीलाई रगत निःशुल्क


२५ भाद्र २०७९, शनिबार
trishuli hospital

नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालले आर्थिकरुपमा विपन्न तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीका लागि रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन शुरु गरेको छ ।

त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेका अनुसार शुक्रबारदेखि लागू हुने गरी आर्थिकरुपमा विपन्न र आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई चाहिने रगत र रक्ततत्व निःशुल्करुपमा उपलब्ध गराउन शुरु गरिएको हो ।

त्यस्ता बिरामीको लागि रगत परीक्षणबापत लाग्ने शुल्क समेत नलाग्ने अस्पतालका मेसु डा. पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रगतको समूह परीक्षण र प्रशोधनबापत प्रतिपिन्ट रु आठ सय ५० शुल्क लाग्ने भए पनि आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्ग, सवारीलगायतका विभिन्न दुर्घटनामा परेका व्यक्तिको लागि सेवा निःशुल्क गरिएको हो ।

त्रिशूली अस्पतालमा कोरोना र डेङ्गु रोगको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइएको छ । अबदेखि लक्षित वर्गको लागि रगतको परीक्षण र रगतसमेत निःशुल्क उपलब्ध गर्न थालिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७