विलियम र केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि


२५ भाद्र २०७९, शनिबार
wilium 3cFZ2VOsuo

काठमाडौं । बेलायतका राजा चार्ल्सले शुक्रबार आफ्नो जेठो छोरा विलियम र बुहारी केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि प्रदान गरेका छन् । यसअघि यो उपाधि उनी र उनकी दिवंगत पत्नी डायनाले प्राप्त गरेका थिए ।

विलियमको जन्म सन् १९८२ को २१ जुनमा जन्मिएका विलियमको केट मिडल्टनसँग सन् २०११ मा विवाह भएको थियो । केट र मिडल्टनका दुई छोरा र एक छोरी छन् ।

सन् १९५८ मा वेल्सका राजकुमार बनेका चाल्र्स बिहीबार आफ्नी आमा महारानी एलिजाबेथको निधनपछि स्वतः राजा बनेका थिए । महारानीको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७