दार्चुलामा बाढीले दर्जन बढी घर बगायो, एकै घरका चारसहित ११ बढी बेपत्ता


२५ भाद्र २०७९, शनिबार
badhi0

दार्चुला । लगातारको भारी वर्षासँगै दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा ठूलो बाढी आएको छ । लास्कु खोलामा आएको बाढीले एक दर्जन बढी घरहरू बगाएको छ । बाढीमा परी हालसम्म ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

डुङुरीमा लास्कु खोलामा आएको बाढिले एकै घरका चार जना वेपत्ता भएको जिल्ला पहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए । यस्तै बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ ।

नौगाडमा आएको बाढि र पहिरोले आधादर्जन बढि घरहरुमा क्षति पुगेको स्थानीय प्रेमसिह ठगुन्नाले जानकारी दिए । पहिरोले पुरेर दुई जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका १ का जानकी ठगु्न्नाको मृत्यु भएको छ भने वडा नम्बर २ मा मोहनराम पार्की वेपत्ता भएका छन् । खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढिले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएको छ ।

दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चार वटा जिपहरु महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्‍याएको छ ।

बाढीले एउटा झोलुङ्गे पुल र एउटा पक्की पुल समेत बगाएको छ । अहिले घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् । घटनाको थप विवरण आउनै बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७