पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति


२५ भाद्र २०७९, शनिबार
pakistan floods 2022

इस्लामाबाद । पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्शानी भएको छ सरकारले जनाएको छ । यसबअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।

बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ । बाढीले ८ दशमबल २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ । बाढीले कपास, धान र साना बालीलाई नराम्ररी क्षति पुगेको छ भने पानीको उचित व्यवस्थापन नहुँदा गहुँ उत्पादनमा गम्भीर समस्या आउन सक्ने अनुमान गरिएको छ ।

पाकिस्तानमा वर्षापछिको बाढीले बाढीले एक तिहाई भूभाग जलमग्न छ । यो बाढी एक दशकपछिकै विनाशकारी भएको जनाइएको छ । बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न राष्ट्रसंघले आह्वान गरेको छ । अहिलेसम्म चीन, बेलायत, क्यानडालगायतका देशले सहयोग प्रदान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७