निशान भट्टराईको ‘म त तिम्रै हुँ’ को भिडियो सार्वजनिक


२५ भाद्र २०७९, शनिबार
28 Shares
Nishant.jpg

बारा । गायक निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा बनाइएको भिडियो सार्वजनिक गरिएको छ । बाराको सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित कार्यक्रम र गायक भट्टराईको अफिसियल युटुब च्यानलबाट एकसाथ सार्वजनिक गरिएको हो ।

गायक तथा संगीतकार बिकास पाण्डेको शब्द र संगीत रहेको गीतको भिडियोमा युवराज केसरी र रितु चौधरीको अभिनय रहेको छ । बाराको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा निर्देशन, छायांकन र सम्पादन विकास गुरुङले गरेका छन् । सिमरास्थित बिएस मेकरका संचालक गुरुङले छायांकन, निर्देशन र सम्पादन गरेको यो पहिलो गीत हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गीतको एरेन्ज अभि अमृत ल्वागन र एडिस्नल एरेन्जमेन्ट मुम्बईमा कार्यरत एनएस आर्याले गरेका हुन् । गीतका संगीतकार पाण्डेले करिब डेढ महिनादेखिको मेहनतले सफलता प्राप्त गरेको बताएका छन् । म्युजिक भिडियोमा अटो चालक र एक युवतीबीचको प्रेमलाई देखाउन खोजिएको छ ।

ncll 2

भिडियो सार्वजनिक कार्यक्रमका लागि सिमरा आएका गायक भट्टराईले उत्कृष्ट शब्द र संगीत रहेका कारण आफूले म त तिम्रै हुँ बोलको गीतका लागि काम गरेको बताए । गायक भट्टराईले उत्कृष्ट टिमकाबीच काम गर्न पाउँदा आफू उत्साहित रहेको बताए ।

jagdamba.cement

भिडियो सार्वजनिक कार्यक्रममा सहभागी गायक कमल के क्षेत्री, भोजपुरी गायक प्रमोद जख्मी, गायक देवेन्द्र कार्की, निर्माता प्रदीप गौतम सहभागी थिए । गायक क्षेत्रीले उत्कृष्ट शब्द, संगीत, छायांकन र निर्देशनले गीत हेर्न र सुन्नलायक बनेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७