रुसबाट एक हजार वर्ग किमी क्षेत्र रुसबाट फिर्ता गरिएको युक्रेनको दाबी


२५ भाद्र २०७९, शनिबार
ukraine

किभ । युक्रेनले गत हप्ता रुसबाट आफ्नो दक्षिण र पूर्वमा १,००० वर्ग किलोमिटर (३८५ वर्ग माइल) भन्दा बढी क्षेत्र रुसबाट फिर्ता लिएको जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभ क्षेत्रमा ३० भन्दा बढी बस्ती मुक्त गरिएको बताएका छन् ।

खार्किभ क्षेत्रमा रुसका शीर्ष कब्जा अधिकारीले युक्रेनी सेनाले ‘महत्वपूर्ण विजय’ जितेको स्वीकार गरे । भिटाली गान्चेभले रुसी टिभीलाई युक्रेनीहरूले रुसी रक्षा रेखा तोडेको बताए ।

उनले रुसी नियन्त्रणमा रहेको खार्किभको सबैभन्दा महत्वपूणर् सहरी केन्द्र कुपियान्स्क र अन्य दुई सहरबाट सर्वसाधारणलाई बाहिर निकालिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७