अस्त-ब्यस्त काठमाडौंका खुला ठाउँ {फोटो फिचर}


२५ भाद्र २०७९, शनिबार
kathmandu tudikhel dharahara

काठमाडौं । काठमाडौंमा टहलिनका लागि खुला ठाउँको अभाव छ । काठमाडौं घरैघरले भरिएको सहर हो । यहाँ जति मानिसको भीड छ, त्यति नै अव्यवस्थित बसोवास छ । जसका कारण खाली ठाउँ प्रायः शून्य छ । खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ ।

3यो विषय बेलाबेलामा नउठेको पनि होइन । तर, समस्याको समाधान भएको छैन । काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन् । खुला ठाउँ कसरी हराउदै गयो यो सोधको विषय हो ।

टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मदन स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए । तर, अहिले यी कुनै पनि ठाउँ खुला छैनन् । अतिक्रमण, व्यवसायिक प्रयोजनले सबै खुला ठाउँ मासिएका छन् । तस्वीर : न्यूज एजेन्सी नेपाल

kath2mandu malpokhari
ललितपुरको धोविघाटस्थित मलपोखरी ।
kathmandu bajrabarahi
चापागाँउको बज्रवाराही स्कूलको चौरमा राखिएका बसहरु ।
kathmandu brikutimandap sinhadarwar
भृकुटीमण्डपस्थित सिंहदरवारअगाडि रहेका प्लाष्टिकले छाएर बनाइउको अस्थायी टहरा ।
kathmandu godawari
गोदावरीस्थित बोटानिकल गार्डेनसँगै जोडिएको चौरमा व्यापारीले बनाएका झुपडी ।
kathmandu lagankhel batukbhairav
लगनखेलको सप्तपाल पोखरी परिसर झार र बुट्यानले ढाकिएको अवस्थामा ।
kathmandu pashupati
विश्व सम्पदा क्षेत्र पशुपति मन्दिर परिसरमा राखिएका गाडीहरु ।
kathmandu pulchok madan smarak
पुल्चोकको मद स्मारक विद्यालय परिसरमा राखिएको पुराना सरसामान ।
kathmandu siphal ground
सिफल चौरमा जमेको पानी र वरपर बर्षामा उम्रेको झार ।
kathmandu siphal
सिफल चौर अतिक्रमण गरेर फुटपाथ व्यापार गरिदै ।
kathmandu tinkune
तीनकुनेको घाँसे मैदान भलिवल खेल्ने खेलाडी र फुटपाथ पसले ।
kathmandu tudikhel dharahara 1
टुडिखेलमा धरहरा निर्माणका क्रममा राखिएको निर्माण सामाग्री र फोहोर ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७