रविन्द्र मिश्रप्रति प्रकाशमानको व्यंग्य : दल खोल्नु नाङ्लो पसल खोले जस्तो होइन


२५ भाद्र २०७९, शनिबार
rabindra mishra prakashman sing

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरुले देश विकास गर्ने कुरा सम्भव नरहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा उनले रविन्द्र मिश्रप्रति इंगित गर्दै यस्तो बताएका हुन् ।

‘नयाँ दलहरु के भन्छन् भने-पुरानाले गर्न सकेनन्, अब हामी आउँछौं,’ नेता सिंहले भने, ‘आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एक/दुई वर्ष टिकाउन सक्दैनन् भने काम गरेर देखाउन सक्लान् ? क्षमता होला ?’ राजनीतिक दल खोल्न्नु नाङ्लो पसल राख्नु जस्तो नभएको भन्दै उनले नयाँ दल खोलेर परिवर्तन गर्छु भन्नेको हालत के छ भन्दै प्रश्न गरे। पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुलाई नै योग्यतको प्रमाण मान्न नसकिने नेता सिंहले प्रष्ट पारेका छन् ।

अहिलेको व्यवस्थामा भ्रष्टाचार बढ्यो भनेर आलोचना हुने गरेको भन्दै उनले यस्ता अमूर्त कुरा गरेर नहुने बताए। आलोचना गर्नेभन्दा पनि भ्रष्टाचार गर्नेको नाम तोकेर बोल्नसक्नुपर्ने उनको धारणा छ । स्वच्छ र भ्रष्ट व्यक्तिलाई एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरु पनि निरुत्साहित हुने भन्दै नेता सिंहले व्यवस्थामा रहेको कमजोरी सच्याउन राम्रो मान्छेलाई मौका दिनुपर्ने बताए ।

काठमाडौं १ का सांसदसमेत रहेका उनले बुद्धि भएका र काम गर्नसक्ने जनशक्ति विदेशिनबाट रोक्नुपर्नेमा जोड दिए । केपी ओली नेतृत्वको सरकारका गलत कदमका कारण संघीयतामाथि प्रश्न उठेको भन्दै उनले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउ कांग्रेसले गठबन्धन बनाएको उनको जिकिर छ । उनले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरुसँग आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७