पहिलोपल्ट बेलायतको राजा घोषणा समारोहलाई टेलिभिजनमा देखाइयो

चार्ल्स तृतीया औपचारिक रूपमा बेलायतको राजा घोषित


२५ भाद्र २०७९, शनिबार
King Charles III addressing after being proclaimed King X2mNNKHlBH

एजेन्सी । चार्ल्स तृतीया औपचारिक रूपमा बेलायतको राजा घोषित भएका छन् । सेन्ट जेम्स प्यालेसमा भएको एक विशेष समारोहमा उनलाई बेलायतको राजा घोषणा गरिएको हो ।

चार्ल्स आम परम्परा अनुरूप उनकी आमा एलिजावेथ द्वितीयाको निधन लगतै स्वतः राजा भएका भए पनि औपचारिक निणर्य हुन बाँकी थियो । शनिबार ‘द एक्सेसन काउन्सिल’ को विशेष बैठकले उनलाई औपचारिक रूपमा राजा घोषित गरेसँगै सेन्ट जेम्स प्यालेसमा समारोह सुरु भएको हो ।

द एक्सेसन काउन्सिलमा बेलायतका शीर्ष राजनीतिज्ञ, अधिकारी र न्यायाधीश हुन्छन् । इतिहासमा पहिलो पटक बेलायतको राजा घोषणा समारोहलाई टेलिभिजनमा देखाइएको छ । चार्ल्स बैठकको पहिलो खण्डमा सहभागी थिएनन् भने राजा घोषित भएपछिको दोस्रो खण्डमा उनले द शीर्ष राजनीतिज्ञ सम्मिलित समूह द प्राइभी काउन्सिलको पहिलो बैठक आयोजना गरिएको थियो ।

द प्राइभी काउन्सिलका क्लर्क रिचर्ड टिलब्रुकले चार्ल्सलाई ‘राजा, राष्ट्रमण्डलको प्रमुख र धर्म (विश्वास) को रक्षक’ घोषणा गर्दै ‘(गड सेभ द किङ्ग (इश्वरले राजाको रक्षा गरुन्)’ हरफ भनेका थिए । त्यस पदावलीलाई सोही कक्षमा रहेका पत्नी-रानी क्यामिला, प्रिन्स अफ वेल्स विलियम र प्रधानमन्त्री लिज ट्रसले दोहोर्‍याएका थिए ।

समारोहमा द प्राईभी काउन्सिलका झण्डै २०० सदस्यहरू सहभागी थिए । जसमा देशका सम्पूणर् जीवित पूर्व प्रधानमन्त्रीहरू बोरिस जोनसन, थेरेसा मे, डेभिड क्यामरुन, गोर्डन ब्राउन, टोनी ब्लेयर र जोन मेयर लगायतका थिए ।

राजा चार्ल्स तृतीयाले नै एक्सेसन काउन्सिलमा टिभीका क्यामेरा अनुमति दिने निणर्य गरेका थिए । यसले देशको राजा घोषणा हुने प्रक्रिया आम जनता अवगत हुने उनको आशय रहेको दरबार स्रोतले बताएको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७