२०७९ भदौं २६ गते आइतबारको तपाईको राशिफल

असोज कृष्ण प्रतिपदा पञ्चाङ्ग : शूल कौलव पूर्वभाद्र, सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध)/द्वितीया श्राद्ध


२६ भाद्र २०७९, आईतवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै कुराले मनमा शान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्ने छ । डेकोरेसनको लगानीबाट लाभ मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । शत्रुमाथि विजय मिल्ने समय छ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । शत्रु पनि पराजित हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता मिल्ला । भेटघाट हुने योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट होला । साँझपख शुभ समाचार आउन पनि सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन लाभ-हानी, सुख-दुःख मध्यम नै रहनेछ । धेरै ठूलो महत्त्वाकांक्षा लिएर काम नगर्नु होला, साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निणर्य लिन सकिनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । शेयरको कारोबारबाट सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निणर्य लिन पुगिएला । चोटपटकको भय पनि छ अतः सचेत रहनु राम्रो होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्यमा समस्या पनि आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७