गण्डकीको समृद्धिका लागि फेरि मुख्यमन्त्री बन्छु : पृथ्बीसुब्बा गुरुङ


२६ भाद्र २०७९, आईतवार
prithivi subba gurung
फाइल फोटो

लमजुङ । गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने बताएका छन् ।

शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर-७ मा निर्मित भवनको शनिवार उद्घाटन गर्दै गुरुङले सो कुरा बताएका हुन् । उपमहासचिव गुरुङले प्रदेशको विकासको लागि आफू पुनः मुख्यमन्त्री बन्ने समेत बताए । अर्को एक प्रसंंगमा नेता गुरुङले ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको संविधान युरोप अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको भन्दा अब्बल भएको दाबी गरे ।

‘संघीय शासन नआएको भए मधेशी, जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सक्ने आधार नै थिएन’, उनले भने । संघीयताका कारण गाउँगाउँसम्म ठूलो बजेट विनियोजन गर्न सकिएको उनले बताए । नेता गुरुङले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टी भन्दा पनि विकासप्रेमी नेतालाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७