महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले ३२ प्रश्नको जवाफ दिन बाँकी


२६ भाद्र २०७९, आईतवार
cholendra 1

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज (आइतबार) बस्दै छ । आइतबार अपरान्ह साढे १२ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बोलाइएको हो । यसअघि बसेको तीन दिनमा जम्मा ११ प्रश्नको जवाफ मागेको छ ।

अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको महाअभियोग सिफारिस समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले बताएका छन् । समिति समक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन् । महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन् ।

संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ । तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ । संसदकै आयु सकिँदैछ, अब के हुन्छ चोलेन्द्रको महाभियोग ? पहिले संसदको कार्यकाल नै प्रष्ट भइसकेको थिएन । संसद असोज २ गतेदेखि नरहने प्रष्ट भएको छ । संसद नै नरहने भइसकेपछि महाअभियोग सिफारिस समिति पनि रहँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७