पाकिस्तानको जस्तो जलवायु नरसंहार कहिल्यै देखेको थिइनँ : महासचिव गुटेर्रेस


२६ भाद्र २०७९, आईतवार
who

इस्लामाबाद । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले बाढीग्रस्त पाकिस्तानको भ्रमण गरेका छन् । उनले पाकिस्तानमा जस्तो ठूलो जलवायु नरसंहार कहिल्यै नदेखेको भन्दै विनाशको लागि धनी देशहरूलाई दोष दिए ।

’मैले संसारमा धेरै मानवीय प्रकोपहरू देखेको छु, तर मैले यो मात्रामा जलवायु नरसंहार कहिल्यै देखेको छैन’, उनले दक्षिणी पाकिस्तानमा सबैभन्दा खराब क्षतिको साक्षी दिएपछि बन्दरगाह सहर कराँचीमा पत्रकार सम्मेलनमा भने ।

शआज मैले देखेको कुरा वणर्न गर्न मसँग कुनै शब्द छैन’, उनले भने । युनाइटेड किंगडम जति क्षेत्रफल ओगटेको बाढीमा झण्डै १ हजार ४ सय जनाको मृत्यु भएको छ । बाढीले लाखौँ हेक्टर क्षेत्रमा लगाइएको बाली नष्ट गरेको छ र घर, व्यवसाय, सडक र पुलहरू ध्वस्त पारेको छ ।

बाढीका कारण ३० अर्ब डलरभन्दा बढी क्षति पुगेको प्रारम्भि अनुमान गरिएको छ । महासचिव गुटेर्रेसले बाढीग्रस्त पाकिस्तानलाई सहयोग गर्न पनि आह्वान गरे । बाढीग्रस्त पाकिस्तानलाई बेलायत, क्यानड, चीनलगायतका देशले सहयोग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७