गठबन्धनका शीर्ष नेताको बैठक सर्‍यो


२६ भाद्र २०७९, आईतवार
Gathbandhan Top five leader of nepal

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक ११ बजेसम्मका लागि सारिएको छ । आज (आइतबार) बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक ११ बजे बस्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि शनिबार साँझ बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्ष विनै सकिएको थियो ।

बाँडफाँट कार्यदलले बुझाएको अपुरो प्रतिवेदनसहित शीर्ष नेताहरुले भागवण्डाको टुंगो लगाउने गरी छलफल अघि बढाएका छन् ।

तर, दलहरु आ-आफ्नो अडानबाट पछि नहटेसँगै सहमति हुन सकेको छैन् । शनिबारको बैठकमा उपेन्द्र यादव उपस्थित भएका थिएनन् । सम्मानजनक सिट नपाएको खण्डमा आफू गठबन्धनबाट बाहिरिने संकेत यादवले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७