कति छ आज विदेशी मुद्राको विनिमय दर ?


२६ भाद्र २०७९, आईतवार
money

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ १२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलरदेखि जापानी येनसम्मको भाउ पनि घटेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५५ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा रहेकोे छ ।

यता जापानी येनमा पनि गिरावट आएको छ । जापानी येनको आज खरिदमूल्य ८ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ०१ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३४ पैसा र बिक्रीमा १८ रुपैयाँ ४५ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल, कतारी रियालदेखि मलेसियन रिग्गेटको बिक्रीदर पनि आज घटेको देखिन्छ । आज साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९७ पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४५ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७