स्रोत नखुलेको १५ लाख १६ हजार नगदसहित दुई जना पक्राउ


२६ भाद्र २०७९, आईतवार
Money

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका-८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको १५ लाख १६ हजार रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा.९८ प ७१५८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७