कोरोनाबाट दुईको मृत्यु, १०४ संक्रमित थपिए


२६ भाद्र २०७९, आईतवार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १,५९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र १ हजार ९९५ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २,३१६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये २,२३६ जना होम आइसोलेसनमा रहेका छन् भने ८० जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७