मधेस प्रदेशको उम्मेद्वार सिफारिस : अमरेश सिंहको काटेर गगन थापाको नाम


२६ भाद्र २०७९, आईतवार
28 Shares
Amresh Kumar

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार सर्लाही-४ बाट महामन्त्री गगनकुमार थापाको नाम समेत सिफारिस गरेको कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।

उक्त क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए । तर, गत स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको आरोपमा अनुशासनको कारबाहीमा परेपछि क्षेत्र र जिल्लाले सिंहको नाम काटेर महामन्त्री थापाको नाम सिफारिस गरेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

क्षेत्र र जिल्लाकै सिफारिसलाई अनुमोदन गर्दै प्रदेशले पनि सर्लाही-४ का लागि थापाकै नाम सिफारिस गरेको उपसभापति सिंहले जानकारी दिए । २०७० र २०७४ मा निर्वाचित भएका सिंहको नाम यसपटक अनुशासनको कारबाहीमा परेपछि काटिएको हो ।

ncll 2

कांग्रेस मधेश प्रदेशले शनिबार आफ्नो प्रदेशको उम्मेदवारको नामसहित केन्द्रीय कार्यसमितिलाई बुझाएको प्रतिवेदनमा सिंहको नाम कुनै पनि क्षेत्रबाट सिफारिस नगरेको उपसभापति सिंहले बताए ।

jagdamba.cement

क्षेत्र र जिल्लाले आफ्नो नाम सिफारिस नगरेपछि सिंहले प्रदेशमा निवेदन दिएका थिए । सर्लाही-४ बाट आफू निर्वाचित हुँदै आएको र अहिले पनि आफ्नो नाम सिफारिस गर्नुपर्ने भन्दै अमरेशकुमार सिंहले निवेदन दिएको उसभापति सिंहले बताए । तर, उनको निवेदनमाथि कुनै कारबाही नगरिएको उनले जानकारी दिए । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको आरोपमा कांग्रेस सर्लाहीले अमरेशकुमार सिंहलाई अनुशासनको कारबाही गरेको थियो ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७