सिटिइभिटी कर्णाली प्रदेशका दुई प्रमुख लामिछाने र कार्की सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२६ भाद्र २०७९, आईतवार
Akhtiyar

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) का दुई जना कर्णाली प्रदेश प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार आरोपमा विषेश अदालतमा मुद्धा दायर गरेको छ ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ३ स्थित चामुण्डा माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकममा अनियमितता भएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।

सिटिइभिटीका तत्कालीन कर्णाली प्रदेश प्रमुख भीमकान्त लामिछाने र मोहनबहादुर कार्कीविरुद्ध जनही ३ करोड ४३ लाख ८८ हजार ८ सय १६ रुपैयाँ बिगो माग गरिएको छ।

यसैगरी सिटिइभिटी लेखा अधिकृत शिवराम रोकाय, चामुण्डा माध्यमिक विद्यालय बिन्द्रासैनी नगरपालिका–३ हाडाकोटका तत्कालीन प्रधानाध्यापक जयप्रसाद तिमिल्सेना, विद्यालयका सहलेखापाल नरेशबहादुर शाही, विद्यालय व्यस्थापन समिति अध्यक्ष नन्दबहादुर शाहीविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

त्यसैगरी इलाइट एण्ड डिभलपमेन्ट कन्सल्ट्यान्ट सञ्चालक उपेन्द्रकुमार शाही, धुपेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृत पदमबहादुर बुढा, सीटीईभीटीका तत्कालीन सहायक प्रशिक्षक गंगाराज शाही, प्रशिक्षक हिराबहादुर शाहीलाई पनि विपक्षी बनाइएको छ ।

अख्तियारले तालिम सञ्चालनका लागि चाहिने सामान नै खरिद नगरिएको भन्ने देखिँदा–देखिँदै तालिम सञ्चालन भएको भनी रितपूर्वकका बिल–भरपाई, कागजात नराखी, लेखाङ्कनसमेत नगरी, नक्कली तथा झुठ्ठा बिल भरपाई कागजातहरू पेश गरी सो विद्यालयबाट गोश्वारा भौचरसमेत नउठाई सिधै व्यक्ति तथा संस्थालाई रकम भुक्तानी दिई खर्चसमेत गरेको अभियोगपत्रमा उल्लेख गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विज्ञप्तिको पूर्ण पाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७