एनआईसी एशिया बैंकले शुरू गर्यो ग्राहक पहिचानको लागि भिडियो केवाईसी सेवा
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ ।
यस बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकहरुले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।
बैंकको वेबसाइट www.nicasiabank.com मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरुलाई केवाईसी विवरण सम्बन्धमा दुइ विकल्प राखिएको छ ।
जसमा, ग्राहकले आफ्नो केवाईसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँग भिडियो कल गरि उक्त कल मार्फत केवाईसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यदि भी–केवाईसी मार्फत आफ्नो केवाईसी जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरि भिडियो कल मार्फत आफ्नो केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नुहुनेछ वा बैंकिङ्ग समयमा भिडियो कल को लागि एपोइन्टमेन्ट बूक गरि सो समयमा केवाईसी विवरण अद्यावधिक गर्नु पर्ने छ ।
ग्राहकहरुले भी–केवाईसी को लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र ९नागरिकतारपासपोर्टरड्राइभिङ लाइसेन्सर भोटर कार्ड० तथा सेतो कागज र कालोरनिलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कल मार्फत देखाउनु पर्ने हुन्छ ।
भिडियो केवाईसी मार्फत केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् ।