देशभर मौसम बदली : लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


२८ भाद्र २०७९, मंगलवार
rain

काठमाडौं । देशका विभिन्न स्थानमा आज (मंगलबार) भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने विभागले जनाएको छ ।

यसैबीच, गएराति गोरखाको गोरखा बजारलगायत गोरखा र लमजुङका धेरै स्थानमा भारी वर्षा भएको छ । चेपे नदी, दरौदी नदीका स-साना सहायक नदीमा आकस्मिक बाढी आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७