विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकार्ने सरकारको निर्णय


२८ भाद्र २०७९, मंगलवार
gyanendra bahadur karki 21643187158

काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहालयता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निणर्य सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर अर्थात करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

त्यस्तै, महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढिकरण परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निणर्य भएको उनले बताए। मन्त्रिपरिषद्ले प्रहरी बरिष्ठ उपरीक्षक निरञ्जन बिष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायव महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

नेपाल र रोमानीयाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने निणर्य गरिएको छ । बैठकले पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिगमा उपल्ध गरााउन स्वीकृती दिने निर्णय भएको प्रवक्ता काकीले बताए ।

त्यस्तै, मन्त्रिपरिषद्ले मधेश प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निणर्य गरेको छ । जिल्ला समन्वय समिति प्युठानको जग्गा गौमुखी गाउँपालिका, प्युठानको नाममा हक हस्तान्तरणका लागि स्वीकृती दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७