पानी समस्याबारे दिएको अभिव्यक्तिले गुणादीबासी भड्किएपछि रामचन्द्र पौडेलले मागे माफी


२८ भाद्र २०७९, मंगलवार
Ramchandara poudel scaled

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दमौलीवासीसँग माफी मागेका छन् । गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने भन्दै उनले माफी मागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मागी गर्दै नेता पौडेलले लेखेका छन्

गत साता दमौली कार्यक्रममा मैले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना संचालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको थिएँ ।

त्यसअघि गुणादीलगायत अन्य स्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या (अपुग) थियो । दमौली आसपास पानीको मुलबाट चुनढुङ्गा मिश्रित पानी वितरणमा जोडिने गरेको हो । प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा वृद्धि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन र दमौलीवासीले शुद्ध पानी पाइरहेका छन् ।

मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्कसहितका व्याख्यासहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु । विकासको क्रममा सकारात्मक ऊर्जा र सकारात्मक प्रगति हासिल गर्नुपर्ने छ र जनतालाई सेवा पुग्नुपर्ने हुन्छ । जनताको स्वास्थ र जनताको हितविपरीत कुनै काम गर्नु राम्रो हैन र त्यसतर्फ सबैको ध्यान जाओस् ।

गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपुरक हुन् र एक अर्काले धेरै पहिलेदेखि सहयोग आदान प्रदान गर्दै आएका छन् । मेरो अभिव्यक्तिलाई नै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित् सबैमा आग्रह समेत गर्दछु ।

ramchandra.JPG 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७