केन्याको पाँचौं राष्ट्रपतिका रुपमा रुटोद्वारा शपथ ग्रहण


२९ भाद्र २०७९, बुधबार

काठमाडौं । केन्याको पाँचौं राष्ट्रपतिका रुपमा विलियम रुटोले शपथ ग्रहण गरेका छन् । नव निर्वाचित राष्ट्रपति रुटोले राजधानी नैरोबीमा हिजो भएको विशेष समारोहमा शपथ ग्रहण गरेका हुन् । उनको शपथ ग्रहण समारोहमा २० वटा अफ्रिकी देशका शीर्ष नेताहरू समेत सहभागी भएका थिए ।

केन्याका प्रभावशाली नेता रुटोले देशको शान्ति सुरक्षा, आर्थिक अवस्था तथा जनजीविकामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् १९६६ मा जन्मिएका रुटोले गएको अगस्ट ९ मा भएको राष्ट्रपतीय चुनावमा जित हासिल गरेका थिए ।

विपक्षी दलका नेता राइला ओडिङ्गा झिनो मतले पराजित भएका थिए । चुनावमा धाँधली भएको भन्दै ओडिङ्गाले मतपरिणाम अस्वीकार गरेका थिए । तर सर्वोच्च अदालतले चुनावी परिणाम सही नै भएको फैसला गरेपछि रुटोलाई शपथ ग्रहणको बाटो खुलेको हो । कडा सुरक्षा व्यवस्थाका बीचमा निवर्तमान राष्ट्रपति उहुरु केन्याटाले रुटोलाई पद हस्तान्तर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७