महारानीको शव इडिनवर्गबाट बकिंघम दरबार पुर्‍याइयो


२९ भाद्र २०७९, बुधबार
4438713511

बेलायत । महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ । स्थानीय समयअनुसार राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैजाँदा भव्य स्वागत गरिएको थियो ।

महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिएको थियो । बीबीसीका अनुसार महारानीको राजकीय अन्तेष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।

उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ । अन्तिम संस्कार गर्नुअघि महारानीको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७