संविधान दिवसको अवसरमा एमालेले पदयात्रा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा असोज १ गते काठमाडौँमा पदयात्रा (वाकाथन २०७९) आयोजना गर्ने भएको छ ।
शनिबार काठमाडौँमा हुने पदयात्रा (वाकाथन २०७९) को नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ओली आफैं नयाँ बानेश्वरदेखि बसन्तपुरसम्म पैदल हिँड्ने छन् भने काठमाडौँको कालीमाटी, लैनचौर, मैतिदेवी, कुपण्डोलको स्थानबाट पनि पदयात्रा हुनेछ ।
संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा का साथ पदयात्रा गर्ने लागेको हो । असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरु हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ ।