धारा जडानका लागि सेवाग्रहीसँग घुस लिने प्लम्बर विरुद्ध अख्तियारद्धारा मुद्दा दायर


२९ भाद्र २०७९, बुधबार
Akhtiyar

काठमाडौं : सेवाग्राहीसँग खानेपानी धारा जडानको लागि लिदै गर्दा रङ्गेहात पक्राउ परेका काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकालचौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले खुलाललाई गत साउन ३२ गते घुस बापत लिएको ५ हजार सहित नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाकालचौरमा सिनियर प्लम्बर पदमा कार्यरत गणेश बहादुर खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकोले बुधबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

CIA

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७