काभ्रेमा पहिरोले घर पुरिंदा एकै परिवारका दुईको मृत्यु, एक जना घाइते


३० भाद्र २०७९, बिहीबार
pahiro 5

काभ्रेपलाञ्चोक । काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ६५ वर्षकी ठूलीमाया तामाङ घाइते भएकी छन् । उनको उद्धार गरी उपचारका लागि बनेपा लगिएको छ । पहिरोमा परेका तीनै जना एकै परिवारका भनिए पनि साइनो खुलेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७