ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ बजारमा


३० भाद्र २०७९, बिहीबार
Biddudhav ra Kapilvastuko Patan Cover

काठमाडौं । बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्धबारे अनेक कृति लेखिएका छन् । यही मेसोमा भिक्टर प्रधानले लेखेको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ सार्वजनिक भएको छ ।

वी रिडले ल्याएको यस उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको रोचक घटना प्रस्तुत गरिएको छ ।

Victor Pradhan Image

उपन्यासमा बुद्ध झल्याकझुलुक देखा पर्छन् तर यो बुद्धको जीवनी होइन । उनको वंश शाक्यहरूको विनाशको कथालाई प्रधानले फरक शैलीमा लेखेका छन् । दासीपुत्रीलाई कपिलवस्तुका राजाले शाक्यपुत्री भनेर झुक्याएर कोशल राजा प्रसेनजितसँग विवाह गराएको र त्यो षड्यन्त्र राजकुमार बिडुडभले थाहा पाएपछिको घटनाक्रमलाई उपन्यासकारले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।

कपिलवस्तुको पतनपछि बाँकी रहेका शाक्यहरू कहाँ पुगे ? के बिडुडभले कोशलको साम्राज्य कायमै राख्न सके ? आफ्नो वंशमाथि बिडुडभले आक्रमण गर्दैछन् भन्ने थाहा पाएका बुद्धले किन रोक्न सकेनन् युद्ध ? कुनै दिन कपिलवस्तु राज्य सकिन्छ भन्ने लागेरै बुद्धले राजपाठ त्यागेका थिए त ? यस्ता अनेकौं प्रश्नमाथि उपन्यासले नयाँ कोणबाट बहस सिर्जना गरेको छ । इतिहासप्रति चाख राख्नेहरूका लागि उपन्यास थप महत्वपूर्ण बन्न सक्छ ।

उपन्यासकार प्रधान लामो समयदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय छन् । प्रधान नेपाली साहित्य समालोचना, नेपाली इतिहास-संस्कृति र नृवंशाक्षेत्रमा चार दशकदेखि काम गरिरहेका प्रबुद्धव्यक्तित्व हुन् । उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापक हुन् ।

उनीविभिन्न पत्रपत्रिका तथा प्रकाशन गृहमा नेपाली भाषाका सम्पादकका रुपमा सक्रिय छन् । उनी मदन पुरस्कार गुठीका सदस्य हुन् । १४८ पृष्ठको पुस्तकको मूल्य २७५ रुपैयाँ राखिएको छ । देशका प्रमुख सहरमा पुस्तक उपलब्ध हुने प्रकाशन संस्था वी रिडले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७