छिमेकीसँगको आफ्नो अवैध सम्बन्ध थाहा पाएका श्रीमानको हत्या


३० भाद्र २०७९, बिहीबार
latest News nayapage1 scaled

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । तिलोत्तमा-१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षीय श्रीमान जगदीश चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार थारुले मंगलबार राति घरभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी थिइन् । थारुको छिमेकी ५२ वर्षका फुलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमानले थाहा पाएपछि पटक-पटक झगडा हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

केही वर्षअघि श्रीमानले जग्गा बिक्री गरेको र पैसा उठाउन नसकेको रिस बोकेकी ग्रिजादेवी थारुले बानियाँसँग ७ लाख ऋण सहयोग समेत लिएकी थिइन् । थारु र बानियाँबीच जगदीशलाई मारी विवाह गर्ने योजना बनेको केसीले बताए ।

जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले बताए । उनीहरुलाई अदालतबाट ७ दिनको म्याद लिएर थुनामा राखी अनुसन्धान अघि बढाएको उनले जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७