चोलेन्द्रसँग थप बयान शुक्रबार लिइने


३० भाद्र २०७९, बिहीबार
cholendra shumsher jb rana

काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिको बैठकले फेरि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ ।

आजको बैठकमा कानुन व्यवसायीले दिएको बयानबारे भोलि जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले भोलि नै बयानको कामलाई सकाउने तयारी गरेको छ ।

आज बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७