महाभियोग समितिमा सात वकिलको चार घण्टा बयान

जबराले बदनाम गरे, कानुनी उपचार खोज्छु : अधिवक्ता अर्याल


३० भाद्र २०७९, बिहीबार
84 Shares
mahabhiyog samitima2022 09 15 03 46 59

काठमाडौं । महाअभियोग सिफारिस समितिमा उपस्थित सात वकिलले चार घण्टाभन्दा बढी समय बयान दिएका छन् । बिहीबार दिउँसो ३ः३० देखि शुरु भएको बयान साँझ ७ः४० बजे सकिएको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा विभिन्न कानुन व्यवसायीहरुलाई आरोपित गरेपछि समितिले उनीहरुलाई बयानका लागि बोलाएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपाल बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्वमहासचिव लीलामणि पौडेल, वर्तमान अध्यक्ष गोपाल कृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, ओमप्रकाश अर्याललगायत पुगेका थिए

ncll 2

त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूणर्मान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, ज्येष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी पनि समितिमा पुगेका थिए ।

jagdamba.cement

जबराले बदनाम गरे, कानुनी उपचार खोज्छु : अधिवक्ता अर्याल
अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध न्यायिक बाटो रोज्ने बताएका छन् । बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा अभिवक्ता अर्यालले जबराबाट आफ्नो बदनाम भएकाले कानुनी उपचारको बाटो खुला गर्न समितिलाई आग्रह गरेका छन् ।

‘कानुनी उपचारको बाटो खुला गरियोस् । भोलि यो संसदीय समितिको क्षेत्र हो भन्ने नहोस् । हामीले व्यक्तिगत रूपमा न्यायिक उपचार महाभियुक्तले यो स्तरको बयान दिनुले नै निच स्तरको भन्ने ठहर हुन्छ’, उनले भने । जबराले आफ्नो सफाइभन्दा पनि अरूको बदनाम गर्नमा समय खर्चिएको उनको आरोप ।

बयानका क्रममा जबराले ओमप्रकाश अर्यालले श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन आफ्नो विरोध गरेको बताएका थिए । त्यसले आफ्नो मानहानी भएको पुनदेवीको गुनासो पनि उनले सुनाएका थिए । जवाफमा अर्यालले जबराले पटकथा रचेको बताए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७