माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप र वेबसाइटमार्फत रेमिट्यान्स पाउन सकिने


३० भाद्र २०७९, बिहीबार
Remittance for Nepali SM Post send wWA2f427qq

काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप र वेबसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ ।

उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप र वेबसाइटबाट मार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ ।

अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधा अन्र्तगत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रिक्वेस्ट रेमिटमार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिने बैंकले जनाएको छ ।

जस अन्र्तगत नेपालमा रहेका व्यक्तिले आफुलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन् ।

उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिल्यै र सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् । यो सुविधा विदेशमा रहेका नागरिकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड,बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरि पनि पठाउन सक्ने बैंकले जनाएको छ ।

बिज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा अमेरिका, युरोप तथा नेपालमा बसेका ग्राहकले बिना झन्झट एकै क्लिक गरि घरमै बसेर उक्त रेमिटान्स सुविधाको प्रयोग गर्न सक्नेछन् ।

यो सुविधाको प्रयोग रेमिटान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन् । हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकहरुले मात्र यो सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७