महिला साफ च्याम्पियनसिपको सेमिफाइनल आज : नेपाल भारतसँग खेल्दै


३१ भाद्र २०७९, शुक्रबार
1550283453nepali woman football team

काठमाडौं । महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज (शुक्रबार) हुँदैछ । नेपालले भारतसँग खेल्दै छ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भारत समूह ‘ए’ को अन्तिम खेलमा बङ्गलादेशसँग ३-० गोलले पराजित हुँदै समूहको उपविजेता टोली बनेको हो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारत सेमिफाइनलमा खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ मा नेपाल भारतसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो ।

नेपालको महिला टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीले डेङ्गी सङ्क्रमणका कारण आजको खेलमा खेल्ने/नखेल्ने निणर्य भइसकेको छैन । त्यसअघि दिउँसो १ बजे बङ्गलादेश र भुटान खेल्दैछन् । बङ्गलादेश समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । महिला साफको इतिहासमा भारतले बङ्गलादेशसँग पहिलो पटक हार ब्यहोरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७