बालेनलाई बाबुरामको आग्रह : निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसाय व्यवस्थापन गरौं


३१ भाद्र २०७९, शुक्रबार
105 Shares
Baburam Balen

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गरेका छन् । महानगर मेयर बालेन्द्र शाह ‘बालेन’ ले असन, नयाँ बानेश्वरसहितका क्षेत्रको फुटपाथ व्यापार हटाएका थिए ।

भट्टराईले भनेका छन्, ‘काठमाडौं मनपालाई व्यवस्थित गर्ने, मृत प्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर (बालेन) का पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तर, निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने भट्टराईले बताएका छन् । ‘संसारभर स्वरोजगार श्रमिक फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँ, समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ,’ उनले भनेका छन् ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७